दीपक राज जोशी संग  अन्तरबार्ता 

 

राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको बृतमा गोविन्दराज जोशीलाई नचिन्ने व्यक्ति बिरलै होलान् । नेपाली कांग्रेसका पूर्व सह-महामन्त्री गोविन्दराज जोशी बि.सं २००६ सालमा तनहुँ जिल्लाको रुपाकोट स्थित खाल्टेमा जन्मेका हुन् । जोशी गाउँका जिम्मलका छोरा हुन्  । जोशीका बुबा पदमराज जोशी तत्कालीन समयका गाँउ मुखिया थिए । महामानव बि.पि कोइरलाबाट प्रभाबित भएर पन्ध्र बर्षको कलिलो उमेरबाट नै जोशी नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

२०२४ सालमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका जोशी २०२६ सालमा ९ जना सदस्य लिई तनहुँ कांगेस्र जिल्ला कार्यसमिती गठन गरेको बताउँछन् । कांग्रेसमा काम गर्दै जाँदा बि.सं २०३० सालमा तनहुँ कांग्रेसका सचिव तथा उपसभापति भएका थिए । तत्कालिन समयमा नेपालमा पञ्चायती राजतन्त्र रहेको र पञ्चायती राजतन्त्र शासनको बिरुद्ध आन्दोलनमा सरिक भएको अभियोगमा उनी ४ बर्ष जेल परे । जेल जीवन यापन गरे सँगै उनी राष्ट्रिय राजनितीमा लागे । बि.सं २०४८, २०५१ तथा २०५६ सालमा तनहुँबाट प्रतिनिधी सभा सदस्य भई ८ बर्ष पार्टीको केन्द्रिय सदस्य र एक कार्यकाल पार्टीको १० औँ महाअधिवेशनबाट सह-महामन्त्री भए।

जोशीलाई तनहुँबाट निर्वाचित भएर राष्ट्रिय राजनीतिमा प्रभाबशाली नेताको रुपमा हेरिन थालियो । उनी प्रतिनिधी सभा सदस्यहुदै  शिक्षा मन्त्री, खानेपानी तथा सरसफाई मन्त्री, जलस्रोत मन्त्री, स्थानीय बिकास मन्त्री, शिक्षा संस्कृती तथा समाजकल्याण मन्त्री र गृहमन्त्री समेत भएका थिए । जोशीले भानुमा रहेको सशस्त्र प्रहरी  तालिम केन्द्र, दमौली चापाघाटमा रहेको शिक्षक तालिम केन्द्र, भिमादमा रहेको प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र, भानमु ै रहेको भानु जन्मस्थल विकास आयोजना, देवघाट विकास आयोजना, मदर्शा विद्यालयको व्यवस्थापन, बन्दिपरु जाने बाटो कालो पत्रे , तनहुँमा विद्युतको बिस्तार, टेलिफोन बिस्तार, सडक क्षेत्रमा बिस्तार, खानेपानीको सहरीकरण संचारको बिस्तार र पुल निर्माण लगाएतको महत्वपूणर् विकासका काम गरेका थिए । सोही कारण आज पनि उनलाई गृहजिल्लामा हाइहाई गरिन्छ, र बिकास प्रेमी नेताको रुपमा हेरिन्छ ।

आज पनि उनी गृह जिल्ला आउदा कार्यकर्ताको जमात उनको घरमा देख्न सकिन्छ । बि.सं २०६४ सालको चुनाबमा जोशी तनहुँबाट माओबादी सँग पराजित भए । चुनाबमा पराजित भए सँगै क्रमशः उनको राजनैतिक शक्ति पनि घट्दै गएको देखिन्छ । दुर्भाग्यवश उनलाई सोही समयमा भ्रष्टचारको मुद्दा  लाग्यो । उनले आफ्नो निकटका साथीहरुबाटै आफुलाई सुनियोजित रुपमा मुद्दामा फसाइएको बताउँदै आएका छन् । शक्ति केन्द्रहरुलाई रिझाउन नसक्दा उनलाई नियोजित रुपमा फसाइएको जानकारहरु बताउछन् ।

उनलाई राजनीतिमा स्थापना गराउने नेता गिरीजाप्रसाद कोइराला भएको कुरा जनकारहरु बताउछन् शक्ति केन्द्रहरुलाई रिझाउन नसक्नु र उनलाई राजनीतिमा स्थापना गराउने नेताकै समयमा मुद्दा लाग्नु, शक्ति सन्तुलन गराउन नसक्नु र मुद्दा  लाग्नु सबै नियतवस भएको हो भन्न सकिने थुप्रै आधारहरु छन् । बिं.सं २०६४ सालको चुनाबमा पराजित भए पनि आउँदो चुनाबमा जनताको मन जित्ने र सकृय राजनीतिमा फर्कने आशा उनमा थियो । समय बित्दै गयो र बि.सं २०७० सालमा प्रतिनिधि सभाको चुनाब पनि आयो तर जोशीको भागको टिकट अर्कैले खोसिदिए ।

क्रमशः बि.सं २०७४ सालको चुनाबमा पनि उनी चुनाब लड्ने आशा सहित गृह जिल्ला आए।तर भ्रस्टाचार को मुद्दा किनारा नलागेको भन्दै नेपाली कांगेस्र का नेता रामचन्द्र पौडेलले उजुरी दिए । उनको उजुरीलाई आधार मानेर निवार्चन आयोगले जोशीको उम्मेवारी रद्द गर्यो । उनी सत्ता र शक्तिमा रहदा तनहुँका अधिकांश जिल्ला स्तरीय नेता तथा कार्यकर्ता उनका थिए । तर समयको परिवर्तनसँगै उनी निटक कार्यकर्ताहरु प्रायसले साथ छाडेर गएतापनी राजनीतिमा केही कसैको मित्र र शत्रु हुदैँन भन्ने उनको भनाई रहेको छ । हाल तनहुँका बिभिन्न स्थानीय तहका प्रमुख र बिभिन्न समितिका प्रमुख पहिला उनकै साथमा थिए । आज पनि जोशीलाई गृहजिल्लामा नेता मान्नेको भिड उतिकै रहेको छ । उनीमात्र तनहुँमा यस्ता नेता हुन् जसलाई विपक्षी दलका नेता तथा कार्यकताहरुले समेत जिल्लाको विकासका कामका बारेमा सरसल्लाह गर्न सम्पर्क गर्ने गर्छन् ।

 यसै सन्दर्भमा उनको राजनीतिक भूमिकामा वंशजको आधारले छोराहरुले राजनैतिक बिरासत  सम्हाल्लान् त ? भन्ने विषयमा छलफल अगाडि बढाइएको छ । छोराहरुले राजनैतिक बिराषत सम्हाल्ने आशाः नेता गोविन्दराज जोशीका दुइ   छोराहरु मध्ये जेठो छोरा काठमाडौँ स्थित नीजि कलेजमा अध्यापकको रुपमा कार्यरत छन्, भने कान्छो छोरा अस्ट्रेलियाको एक अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत छन् । आफुले जसलाई साथ दिएका थिए उनीहरुबाट नै सहयोग र साथ नपाए पछि नेता जोशीे हतपत आफ्नो राजनैतिक बिराषत जिल्लाका नेता तथा कार्यकर्ताको हातमा सुम्पने अवस्थामा छैनन् । जिल्लामा उनका पुराना  कांग्रेसका कार्यकताहरुले अझै पनि उनको साथ छाडे ेका छनै न् । अझै पनि उनलाई मान्ने कार्यकता जिल्लामा १० देखी १५ हजार रहेको जानकारहरु बताउँछन् । उनका पछि लाग्ने कार्यकर्ताको राजनैतिक यात्रा सुरक्षित पार्न मात्र भएपनि उनले राजनैतिक बिराषत कसैलाई सम्हाल्न दिनु पर्ने देखिन्छ । यस्तो अबस्थामा उनले कसलाई राजनैतिक दायित्व सुम्पिन्छन् भन्ने प्रश्न बेलाबेलामा उठ्ने गरेको छ । यसै बिषयमा मैलै उनका जेठो छोरा दिपकराज जोशी सँग केहि संवाद गर्ने जमर्को गरेको थिएँ ।

के तपाई राजनीतिमा आउनु हुन्छ त ? के बुवाको राजनीतिक यात्रा तपाईले अघि बढाउनु सक्नुहुन्छ ?

तपाई लामो समय अमेरीका बसेर नेपाल आउनुभएको छ । तपाईको त पार्टीमा कुनै योगदान छैन भन्छन नी तपाई कसरी राजनीतिमा आउनुहुन्छ ? दीपकराज जोशीः तपाइँले सोध्नुभएको प्रश्न जायज छ। किनकी एउटा पत्रकारले जनताका जिज्ञासा र प्रश्नहरुको संबोधन गर्नुपर्ने हुन्छ । पार्टीमा काम नगरेको र योगदान नभएकाले टिकट किन पाउने भनेर प्रश्न गर्ने पनि छन् यहाँ । कुनै वेला बिपक्षी पार्टीसँग २० हजार फरक मतले जितेको नेपाली कांग्रेस अहिले आएर चुनाब हारेर टोलाएर बस्नुपरेको छ । यसरी बस्नेहरुले न त पार्टीलाई न त समाजलाई नै योगदान दिन सक्छन्। राजनितिक नियुक्ति कुनै पद वा जागिर होइन । मानविय भावनाको आधारमा पद बाँड्न थालियो भने तपाइँका सन्ततिले तपाइँलाई सराप्ने छन् । तपाइँ यस्तो व्यक्ति छान्नुहोस् जो सँग २१ औँ शताब्दीको नेतृत्व गर्ने क्षमता र समाज प्रति बफादार छ ।

यदि राजनीतिमा लाग्नुहुन्छ भने राजनीतिलाई कसरी व्याख्या गर्नुहुन्छ ?

मेरो परिभाषामा निस्वार्थ रुपमा देश र जनताको सेवामा खटिनु नै राजनिती हो । राजनीतिका बारेमा ४ लाइन लेख्न नसक्ने, राजनीतिशास्त्रको ज्ञान नभएका, संसार कुन दिशा तर्फ गइरहेको छ र त्यसको असर कसरी पर्दैछ भन्ने थोरै पनि अड्कल गर्न नसक्नेलाई जागिर दिए जसरी पद दिनुभयो भने तपाँइले तिरेको करको दुरुपयोग मात्र हुनेछ । समाजलाई सधैँ भरी कांग्रेस र कम्युि नष्टमा विभाजन गरेर कति समय सम्म जनतालाई अँध्यारोमा राख्ने ? आजको समाज र अबको पुस्तालाई राजनीति भन्दा माथि सोच्ने व्यक्तिको खाँचो छ । राजनैतिक पार्टी माध्यम मात्र हुन्  । राजनैतिक पार्टीमा रहनेहरुमा जब सम्म मेरो पार्टी र मैले मात्र विकास गर्न सक्छु वा यो देश बनाउन सक्छु भन्ने भ्रम हुन्छ, तब सम्म यो समाज परिवर्तन हुँदैन र देश विकास हुँदैन । विकास र समृद्धि सामुहिक कार्य हो । हाम्रो समाजमा आफु राम्रो हनु अरुलाई नरामा्र े बनाउने, आफु जित्न अरुको खुट्टा  तान्ने प्रतिस्पर्धा नै छ । सच्चा मानेमा राजनीतिमा लाग्नेहरुले आफुले जित्न अरुलाई हराउनु पर्दैन । जनताको हित र जितमा रमाउन जान्नुपर्छ ।

तपाई बुबाको सट्टामा राजनीति गर्दा नाताबाद भएन र ?परिवारका योग्य सदस्यहरू राजनीतिमा आउँदा वंशवादलाई नराम्रो  भन्न मिल्दैन । 

त्यतिबेला समाजलाई नराम्रो हुन्छ, जतिबेला योग्यता नभएका वंशका उत्तराधिकारीहरूलाई नै जनताले राजनीतिको मुकुट लगाएको हेर्न चाहन्छन् । यसको परिणाम जहिले पनि गैर राजनैतिक परिवारबाट आएका निर्दोषहरुले भोग्नपु र्छ । जो वंशवादवाला राजनैतिक परिवारले चलाएको राजनैतिक दलको झुटो नाराहरूको शिकार हुन्छन् र सधैँ उनीहरू वंशवादी नेताहरूको दयामा जिउन बाध्य हुन्छन् । तर यदि परिवार भित्र बाटै कोहि सक्षम व्यक्ति छ र जसले राजनैतिक विरासत धान्न सक्छ भने त्यसमा नातावाद कृपावाद भनेर विरोधकै लागि मात्र बिरोध गर्न मिल्दैन ।

जोशी विहिन तनहुँ  कांगस्रे नचल्ने हो ?

 हुन त कोही नभएर  सम्पूर्ण  कुराहरु  बन्द हुन्छन् चल्दैन भन्नु मुर्खता सिवाय केही होइन । म अभ्यासमा विश्वास राख्ने मान्छे हुँ।तर पनि जोशी विहिन तनहुँ कांग्रेस बिग्रिँदै गएको जनता सामु सर्वविदितै छ । तनहुँमा राजनीती गर्नेले के गरे के गरेनन् पनि भनिरहनु पर्दैन होला । बिकास त परै जाओस् आफ्नै पार्टीलाई आगाडि पनि बनाउन सकेनन् । जनताले के चाहन्छन् भन्ने कुरा महत्वपूणर् कुरा हो । यो प्रश्नको जवाफ जनताबाट नै आओस् भन्ने अपेक्षा राख्छु ।

के राजनीति गर्न चाहिने गुणहरु तपाई सँग छ?

हुन त राजनीतिमा आउनको निम्ति कुनै किसिमको दायराहरु निर्धारण गरिएका छन् जस्तो मलाई लाग्दैन । किनकी हामीले राजनीतिलाइ यस्तो बनाइदियौँ कि जो सबैभन्दा खराब छ उसलाई राजनीतिमा ल्याउने र कालोलाई सेतो बनाउने, यो त भयो राजनीतिको नकारात्मक पाटो । मेरो मतलब रराजनीतिमा आउने सम्पुणर् खराब हुनु  भन्ने विल्कुलै होइन । सकारात्मक पाटो नै हेर्ने हो भने पनि म सँग एउटा असल राजनीतिज्ञमा हुनुपर्ने सबै गुण छ जस्तो लाग्छ । राजनीतिमा सबै भन्दा ठुलो कुरा इमान्दारीता हो । जो म सँग छ । मलाई नकेहिलिनु छ नकेहि पाउनु छ। केवल म दिन चाहान्छु ।

तपाईले आफुलाई चिनाउनुपर्दा समाजमा कसरी चिनाउनुहुन्छ ?

म दीपकराज जोशी, गोविन्दराज जोशीको छोरा मात्र नभएर देशको उन्नति र परिवर्तन चाहने युवा पनि हुँ । म  बुबा बवुआमा सँग बस्छु । धूम्रपान गर्दिनँ । रक्सी पिउँदिन मांशाहार गर्दिनँ । जनावरबाट आएका कुनै पनि बस्तु प्रयोग गर्दिनँ । म भिगानिजममा विश्वास गर्छु । जसले गर्दा मलाई भौतिक वस्तुहरु प्रतिको मोह कम छ । । म हरेक हप्ताको मंगलबार उपवासबस्छु । सूर्य उदाउनु भन्दा अगाडी उठ्छु । हरेक दिन १/२ घण्टा योग/ प्राणायाम गर्छु । सूर्य अस्त हुनु अघि खाना खान्छु । म सबै प्रकारका ( भजन, रक, हेवी मेटल, पप, लोक, आधुनिक, अङ्ग्रेजी , हिन्दी , नेपाली) सङ्गीत सुन्छु  । सबै प्रकार  सिनेमाहरु हेर्छु, म डिस्को, पब, क्लब पनि जान्छु । मैले ट्याटु पनि खोपेको छु । म आधुनिक जीवन शैली बाट पनि टाढा छनै । म   आफ्नो  जिबन अष्टाङ्ग योग  अनुसार  जिउने  गरेको  छु । म त केवल यो देव /पुण्य भूमिमा बस्ने साधारण मान्छे हुँ। जो शास्त्रमा (जसले ज्ञान प्रबाह गर्दै हामीलाई अनुशासित बनाउदै हाम्रो रक्षा गर्छ, जसले जिबनलाई सहि मार्गनिर्देशन गर्छ) लेखेको कुराको अभ्यास गर्दै आफ्नो जीवनलाई खुसि  साथ अगाडी बढाइरहेको यो देशको असल नागरिक हुँ ।

अन्तमा तपाई जोशीकै छोरा भएर त राजनीतिमा आउन लाग्नु भएको त हैन्?

यदी जोशिको छोरा नभएको भए पनि राजनीति गर्न सक्ने र समाजलाई अहिलेको स्थितिबाट राम्रो बनाउन सक्ने हैसियत म मा छ जस्तो लाग्छ । तर के गर्ने यहाँ प्रोत्साहान गर्ने भन्दा निरुत्साह गर्नेहरुको भीड जो छ । मैले जुन जिवनशैली अपनाएको छु, त्यो राजनितीमा आउनेहरूका लागि नभइ नहुने चरित्र हो । सबैभन्दा मुख्य कुरा  राजनीतिमा आउनेहरूले आफ्ना लागि होइन देश र जनताका लागि समर्पित हुनपुर्छ। यसरी असल सावित हुन नसकेको कांग्रेस र पटकपटक कांगेस्र को छाताभित्र अटाउन नसकेको कांग्रेसको छोरोसँग पनि विरासत धानिदिए हुने, भन्ने इच्छा सहित तपाइँ तनहुँमा आएर राजनीति गर्नपु र्यो भनेर धेरैले मलाई आग्रह सहितको संदेश पठाउनुभएको छ । त्यसको लागि तपाई सम्पुणर्मा म मनैदेखि कृतज्ञता व्यक्त गर्दछु ।

तनहुँमा जन्म लिन पाएकोमा म आफुलाई  भाग्यमानी सम्झन्छु । म भित्र देशका लागि केहि गरुँ भन्ने इच्छा सदैव थियो र छ पनि । झन् तनहुँ त मेरो जन्मभूमि, मेरो आफ्नो माटो त्यसको माया कसलाईहुदैन  र? जसले मलाई झक्झकाई रहन्छ । तर म सँग राजनीति गर्नको लागि अरु सँग भए जस्तो योग्यता छैन । म जे अभ्यास गर्छु त्यो प्रचार गर्छु र जे प्रचार गर्छु त्यो अभ्यास गर्छु । यस्तो जीवनशैली भएका मान्छेहरु राजनीतिमा विरलै सफल हुन्छन् ।नेपाली कांग्रेसमा आफ्नो सम्पूणर् जीवन समर्पित गर्नेहरूलाई त पाखा लगाइन्छ भने हामी जस्तोले ठाउँ पाउँनु र काम गर्न दिनु दिवास्वप्न नै हो । जसले गर्दा अहिलेका नेतामा भएका गुण ( अवगुण)नभएकै कारणले यो पार्टीमा बसेर योगदान गर्न सकिन्छ जस्तो लाग्दैन । म राजनितिमा आउँला नआउँला तर तनहुँ प्रतिको मेरो दायित्व सदैव निभाउने प्रयास गर्नेछु । तनहुँ बासीले गर्नुभएको मायाको सदैव ऋणि हुनेछु । जसलाई चुकाउने भरमग्दरुप्रयास  गर्नेछु । बर्तमान समयमा राजनीतिमा रहेकाहरुसँग मेरो कुनैपनि आनिबानी मिल्दैन । म अराजकता र अस्थिरतामा विश्वास राख्दिनँ । म केवल शान्ति र अमनचयनमा विश्वास राख्छु ।

जोशीको छोरो वाला ट्याग भिराएर राजनीतिमा आउन बाट बन्चित गरिनु पहिले मलाइ एउटा सच्चा नागरिकको रुपमा किन नलिने ? न मैले मेरो जिवनमा आजसम्म शक्तिको दरुु पयोग गरेको छ, न कुनै पार्टीको प्रयोग  गरेर कुनै पदमा आसिन नै छु । म देशको निम्ति केही गर्न चाहन्छु, परिवर्तनका लागि केही नयाँ गर्न चाहन्छु र म भित्र त्यो गर्न सक्ने खुबी पनि छ, भने तपाइँ नै भन्नुस् मैले राजनीति गर्नु पर्ला कि नपर्ला ?