Slide thumbnail
Slide thumbnail
Slide thumbnail
Slide thumbnail

Home

Home2026-03-10T19:02:42+05:45

More About Deepak Raj Joshi

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism. He writes columns for spotlight biweekly English magazine and runs the first vegan online news portal ( https://vegannepal.com.np). He travels around the country and gives lectures on Veganism and ethical living.

Recent Articles

नेपाली कांग्रेसको विशेष अधिवेशन: नेतृत्वको प्रश्न होइन, पार्टीको आत्माको प्रश्न हो

दीपक राज जोशी राजनीतिमा विचारहरू बाझिनु स्वाभाविक मात्र होइन, यो लोकतन्त्रको प्राण पनि हो। म स्वयं महामन्त्री गगन थापाका सबै दृष्टिकोणसँग सहमत छैन र भविष्यमा पनि वैचारिक मत भिन्नता रहन सक्छ। तर, आज नेपाली कांग्रेस जुन मोडमा उभिएको छ, यहाँ प्रश्न कुनै व्यक्तिको समर्थन वा विरोधको होइन। प्रश्न त ८० वर्ष

कांग्रेसको नयाँ नेतृत्वः अवसर, चुनौती र ऐतिहासिक जिम्मेवारी

दीपक राज जोशी नेपाली राजनीतिको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेस अहिले एक जटिल मोडमा उभिएको छ। पटक–पटकका राजनीतिक आन्दोलनको नेतृत्व गरेको यो पार्टी पछिल्लो समय वैचारिक शून्यता र संगठनात्मक शिथिलताको सिकार बनेको छ। यस्तो अवस्थामा गगन थापाजस्ता युवा नेताले पार्टीको बागडोर सम्हाल्नु भनेको केवल एउटा पदको प्राप्ति मात्र होइन,

चुनाव : जनताको आशा कि सत्ताको साँचो ?

दीपक राज जोशी हुन त प्रजातान्त्रिक व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष नै चुनाव हो । चुनाव लोकतन्त्रको आत्मा हो जसले जनतालाई शक्ति, आवाज र विकल्प प्रदान गर्छ । यही प्रक्रियामार्फत नागरिकले आफ्नो प्रतिनिधि चयन गर्छन्, र शासनलाई जनउत्तरदायी बनाउँछन् । सिद्धान्तका हिसाबले हेर्दा, चुनाव लोकतन्त्रको मुटु हो । तर नेपालको राजनीतिक यथार्थले

दिव्य उपदेश : आजको नेपाल र हामीले गुमाएको राष्ट्र-दृष्टि

 दीपक राज जोशी दिव्य उपदेश नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्त्यतिर राष्ट्र, जनता र भावी शासकहरूका लागि दिएका राजनीतिक, कूटनीतिक, आर्थिक र नैतिक निर्देशनहरूको संग्रह हो । यो कुनै धार्मिक ग्रन्थ होइन, राष्ट्र निर्माणको मार्गदर्शन हो । नेपालको इतिहासमा ७ वटा संविधान बने तर एउटाले पनि दीर्घकालीन स्थायित्व र

भीडको बहावमा नबग्ने सोच : विचार, आदर्श र अन्धविश्वासको द्वन्द्व

 दीपक राज जोशी केही दिनदेखि सामाजिक सञ्जालमा म आफ्नो आस्था, विचार र विश्वास स्पष्ट रूपमा सार्वजनिक गर्दै आएको छु । मैले लेखेका कुरा सबैका लागि सहज र प्रिय बनेका छैनन् । धेरैले तिनलाई ‘अत्याधिक आदर्शवादी’ भनेका छन्, कसैले व्यवहारिक नभएको आरोप पनि लगाएका छन् । यस्तो प्रतिक्रिया अस्वाभाविक होइन, किनकि हाम्रो

नयाँ पुस्ता, नयाँ प्रश्न : के वैकल्पिक शक्तिले देशलाई सही दिशा दिन सक्ला ?

दीपक राज जोशी नेपाली राजनीतिमा विकल्प भन्ने अवधारणा कुनै नयाँ वा आकस्मिक घटना होइन । इतिहास हेर्ने हो भने, राणाशासनको विकल्पका रूपमा कांग्रेस उदायो, पञ्चायत कांग्रेसको विकल्प बन्यो, र फेरि बहुदलीय व्यवस्था पञ्चायतको विकल्पका रूपमा स्थापित भयो जहाँ कांग्रेस र एमालेले सत्ता सम्हाले । त्यसपछि कांग्रेस-एमालेको असन्तुष्टि र विफलताबीच माओवादी शक्ति

सार्वभौमसत्ताको व्यापार : जब साना राष्ट्रहरू वस्तु बन्छन्

दीपक राज जोशी आधुनिक विश्व व्यवस्थाको जग अन्तर्राष्ट्रिय कानुन र सार्वभौम समानताको सिद्धान्तमा उभिएको मानिन्छ । संयुक्त राष्ट्र सङ्घको बडापत्रले स्पष्ट भन्छ- विश्वका सबै राष्ट्र, चाहे ती ठूला होऊन् वा साना, उनीहरूको सार्वभौमसत्ता समान र अक्षुण्ण हुन्छ । तर, वर्तमान विश्वको बदलिँदो परिवेशले यो दाबीलाई एउटा सुन्दर भ्रम सावित गरिदिएको छ

नेपाली राजनीतिमा ‘जेलन्स्की युग’को पदचाप : रूपान्तरणको लहर कि लोकप्रियतावादको जोखिम ?

दीपक राज जोशी विश्व राजनीतिको रङ्गमञ्चमा समय-समयमा यस्ता पात्रहरूको उदय हुन्छ, जसले स्थापित मूल्य-मान्यता र परम्परागत शक्ति संरचनालाई एकै झट्कामा हल्लाइदिन्छन् । सन् २०१९ मा युक्रेनमा भ्लोदिमिर जेलन्स्कीको उदय त्यस्तै एउटा परिघटना थियो । एउटा हास्य कलाकार, जसले टेलिभिजनको पर्दामा राष्ट्रपति बनेको अभिनय गर्थ्यो, ऊ वास्तवमै देशको सर्वोच्च पदमा पुग्यो ।

स्वास्थ्य सेवाको नाममा लुट र चरम लापर्वाही : हेम्स अस्पताल एउटा प्रतिनिधि पात्र

दीपक राज जोशी नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरेको छ । तर व्यवहारमा हेर्ने हो भने, स्वास्थ्य सेवा नागरिकको पहुँचभन्दा टाढा र एउटा महँगो वस्तु जस्तै बन्दै गएको छ । विशेषगरी निजी अस्पतालहरूको उदयसँगै गुणस्तरीय सेवाको अपेक्षा गरिए पनि, पछिल्ला समयमा देखिएका घटनाहरूले स्वास्थ्यक्षेत्र सेवाबाट विचलित भएर क्रुर

राज्यका चार सत्ता : आधुनिक सुशासनका लागि वैदिक मार्गचित्र

✍ दीपकराज जोशी मानव सभ्यताको विकासक्रममा राज्य सञ्चालनका अनेकौँ सिद्धान्त र तन्त्रहरू आए । राजतन्त्र, साम्यवाद, समाजवाददेखि आधुनिक लोकतन्त्रसम्म आइपुग्दा पनि विश्वले एउटा कुराको खोजी गरिरहेकै छ । त्यो हो पूर्ण सुशासन । आजका राज्यहरू भौतिक पूर्वाधार, सैन्य शक्ति र आर्थिक सूचकाङ्कमा त अगाडि छन्, तर मानवीय मूल्य, सामाजिक न्याय र

FEATURE VIDEO

Go to Top