• दीपक राज जोशी

देशको अस्थिर राजनीति र यसले नेपाली कांग्रेसलाई कति नोक्सान पारेको छ भन्ने कुराको गतिलो उदाहरण हालसालै कांग्रेस महासमिति बैठक र यसमा सदस्यहरु बिच भएको किचलो हो। धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको संवैधानिक व्यवस्थामा मुलुक  चल्दै आएको लामो समयपछि यसको अर्थ खोज्दा यो परिस्थितिको सिर्जना भएको हो। हामीकहाँ हाबी भएको ‘तातै खाउँ जल्दै मरौँ’ गर्ने गलत अभ्यास नै यसको जड हो। जसले नेपाली राजनीतिमा दुरदर्शिता शब्दको धज्जी उडाएको छ।

विनाशकाले विपरीत बुद्धि, निभ्ने बेलामा बत्ती चर्को बल्छ भन्छन्। मुलुकलाई धर्म निरपेक्ष बनाउनका लागि १७/१७ करोड लिने, नेपालका कलकारखाना सबै बेच्ने, चप्पल लगाएर काठमाडौं आएकाहरुले अरबौँ कमाउने, लाउडा काण्ड घटाउने, विदेशमा पैसा थुपार्ने, आफन्तलाई मात्रै पद दिने, छाेराछोरीलाई सरकारी पैसाले  विदेश पढाउनेहरु भ्रस्टाचारी भएनन्।

तर यो देशका केही नेता जसले संगठनभन्दा बाहिर केही सोचेनन् र पार्टीको भलाइको लागि जीवन समर्पण गरे तिनलाई नै भ्रस्टाचारीको बिल्ला भिराएर आफ्नो बाटो सफा गर्ने, बाहियात अभियोग लगाएर जीवनभर अकुत सम्पत्तिलाई सेतो धन बनाएर देखाउनेहरुको खुरापाती दिमागको सिकार बनाउने  काम भइरह्यो। अझ दुःख को कुरा के भने नेपाली कांग्रेसकै आफ्ना कार्याकर्ता ले पनि आफ्नै पार्टीका तिनै नेता लाई भ्रस्टाचारी भन्दै प्रचार प्रशार गर्छन् जसलाई बिभिन्न बहानामा राजनीति बाट बाहिर राखेर देश लुट्नेहरुको चहलपहल भइरहेछ।

कस्तो बिडम्बना तपाईं मेरो लेबलमा उक्लिन सक्नुहुन्न म तपाईंको लेबलमा गिर्न सक्दिन। हो ठ्याक्कै यस्तै छ अहिले नेपाली कांग्रेस भित्रको हालत। एउटा उखान छ नि सुँगुर लाई स्वर्ग जान्छस् भन्दा त्यहा पनि फोहोर चिज खान पाइन्छ भनेर भन्थ्यो रे । के गर्ने सोच नै गरीब भएका हरूबाट के नै आशा गर्न सकिन्छ र! पहिला असल मान्छे बन्ने कोशिस गर्नुहोस् । त्यस पछि कांग्रेस  कम्युनिष्ट जे बन्ने हो बन्नु होला।

यो देश मा सच्चा कांग्रेस  त्यो हो जसले चुनावमा रेणु दाहललाई बोकेर हँसिया हथाैड़ामा भोट हाल्यो, जसले बाबुराम भट्टराईलाई भोट हाले भन्ने कुरा यतिसम्म प्रचार गरियो कि लाग्यो- कांग्रेसलाई छानी-छानी मार्नेलाई नै काँधमा बाेकेर हिँड्नेहरु सच्चा  कांग्रेस नभए अरु को हुन सक्छन् ?

आजकल फेसबुक को कमेन्ट हेर्दा  नेपाली कांग्रेसका नेता र कार्यकर्ताको स्तर गिरेको देख्दा घृणा लाग्छ।  के गर्ने उमेर पुगेर बुद्धी विकास नहुने रहेछ । पार्टी बलियो र राम्रो तब हुन्छ जब तपाईं पार्टी भन्दा माथी उठेर देशको भलाई को बारेमा सोच्नु हुन्छ।

मृत्यु एक ध्रुवसत्य हाे,  जसको कारण रोग व्याधि वा आकस्मिक हुन्छ।  रोग लाग्ने विभिन्न कारणहरू हुन्छ्न् जस्तो समाजिक,  राजनैतिक, मानसिक। कांग्रेसकै होनाहार नेता खुम बहादुर खड्का को राजनीतिक जीवन विभिन्न  कारणबाट ग्रसित भयो। खुम बहादुरको मृत्युको भागिदार नेपाली कांग्रेस पनि हो। नेपाली कांग्रेसभित्रै कसलाई कसरी कसले फसायो त्यसको लेखाजोखा  समय आएपछि आफै हुन्छ।

कस्तो दुर्भाग्य  पार्टीका केही नेता जसले संगठन विस्तार गर्न कुनै कसर राखेनन्, तिनै कांग्रेसबाट पराया भए । बिडम्बना- बाबुराम, प्रचण्डहरु कांग्रेसका सहयात्री भए। अरबौं लुट्नेहरु राम्रा भए। एक दिन कांग्रेसले यसको मूल्य चुकाउनु पर्नेछ।  समयले बताउला को भ्रष्टचारी हो को होइन भनेर। युगले सत्य अोकल्ने पुस्तक जन्माउला जसले बताउनेछ को सही हो को गलत हो भनेर। कुर्नुपर्ने समय मात्रै लामो लाग्ने हो, यसको मतलब यो होइन कि सत्यको जित हुँदैन।

हुनत दोष कांग्रेस को मात्रै होइन। यहाँ सबै पार्टीका नेता र कार्याकर्ताको चरीत्र एउटै छ। तर पनि कांग्रेसकमा यसको अभ्यास धेरै छ। बहुदल आएपछि स्पष्ट बहुमत  ल्याएको नेपाली कांग्रेस आफै अगुवा बाटो हगुवा भए पछि अरु बाट के नै आशा गर्न सकिन्छ र? अनुशासन बिनाको संगठन, विचार बिनाको राजनीति ले देशको भविष्य कसरी बनाउला र? महात्मा गांधीले भनेका छन्, “बिनासिद्धान्तको राजनीति एक पाप हो।”

हाम्रा अधिकांश नेताहरू, उनीहरूको राजनीतिक विचारधाराको बाबजुद, निजी शक्ति सुरक्षित गर्न व्यस्त छन्। राजनीतिक शक्ति प्रयोग गरेर धन कमाउने, राजनैतिक परिदृश्यहरू सधैं त्यस्ता हुन्छन् जस्तो लाग्छ, तिनीहरू केवल आफ्नो स्थान परिवर्तन गर्छन् र अनावश्यक काम त्याग्न सक्दैनन्। चरित्र परिवर्तन त मुश्किलकै कुरा हो। जब सिद्धान्त मर्छ अनि विचारधारा पनि मर्छ।

नेपाल  विद्यार्थी संघले विद्यार्थीको हकहितको काम गर्दैन, तरुण दलले  देशका तरुणको बारेमा सोच्दैनन् महिला संघले महिलाको हकहितको लागि आवाज उठाउँदैनन्। आखिर केका लागि यी संगठनहरु ? आफ्नो गुट बलियो बनाउनलाइ मात्रै यी संगठनलाई परिचालन  गरिन्छ।

नेपाली कांग्रेस  पार्टी (कम्पनी) कार्यकर्ताहरू (उपभोक्ताहरू) र भोट (मूल्य) भएको छ। भोट त्यस्तो मुद्रा हो जसलाई प्रयोग गरेर नेपाली कांग्रेस पार्टी कार्यकर्ताहरू, नेताहरू उत्पादन र किनबेच गरेर हामी आफ्ना अपेक्षाहरू पूरा गर्ने सपना देख्छौँ तर कहिल्यै पार्टी कार्यकर्ताहरूको  सपना साकार हुँदैन।

कुनै बेला  प्रजातन्त्रको लागि लड्ने यि संगठनहरु  बिगत ३० बर्ष के का लागी लडेका छन्? नेपालबन्द गर्ने,  ढुंगा हान्ने प्रवृत्तिको अन्त्य भयो भने सायद यी संगठनको औचित्य समाप्त  हुनेछ। अबको भातृ संगठन कस्तो हुनुपर्छ भनेर छलफल गरेको कमै सुन्न पाइन्छ। आफ्नै र आफ्नै नेता हरुलाई गाली गरेर माथि जानेको भिड छ। न त तिनीहरुलाई सिद्धान्तको प्रबाह छ, न त विचारधारा को नै।

सबै हेर्दा लाग्छ- निष्ठा र आदर्शको राजनीति नेपाली कांग्रेसको भाग्यमा नै छैन। नेपाली कांग्रेस  र नेपालका सबै पार्टीमा निष्ठाको विचलन छ। नैतिक मूल्य र मान्यता छैन। नेपालका राजनैतिक पार्टीहरु विदेशीको गोटी भएका छन्।

सत्तामा बस्ने पार्टीले राम्रो काम कहिल्यै नगर्ने, सत्ताबाहिर बस्नै नसक्ने, रोएर कराएरै भए पनि सत्तामै टाँसिरहनुुपर्ने ! सत्तामा बसेपछि जनता बिर्सने, छोरी ज्वाइँ, सम्धी, भाञ्जाभाञ्जी, आफ्नो गुटका कार्यकर्ताहरुको मात्र हित हेर्ने। हिजो पुराना नेताहरुले तुलसी भनेर धतुरोको बिउ रोपेछन, आजकल नेपाली कांग्रेसमा  तुलसी कम र धतुरो बढी देखिन्छन्। धतुरो बाट के नै आशा गर्न सकिन्छ र ?

नेपाली कांग्रेस  पार्टी (कम्पनी) कार्यकर्ताहरू (उपभोक्ताहरू) र भोट (मूल्य) भएको छ। भोट त्यस्तो मुद्रा हो जसलाई प्रयोग गरेर नेपाली कांग्रेस  पार्टी कार्यकर्ताहरू नेताहरू उत्पादन र किनबेच गरेर हामी आफ्ना अपेक्षाहरू पूरा गर्ने सपना देख्छौँ तर कहिल्यै पार्टी कार्यकर्ताहरूको  सपना साकार हुँदैन। यो खेल सधै नै चली रहन्छ। यदि सत्य बोल्नु गलत हो भने मलाई सही देखिनु छैन। कृष्ण प्रसाद भट्टराई र गणेश मान सिंह नअट्ने नेपाली कांग्रेसको भविष्य उज्वल छैन। निष्ठा र आदर्शको लागि कृष्ण प्रसाद भट्टराई र गणेश मान सिंहले नेपाली कांग्रेस छोड्नुभयो तर निष्ठा, आदर्श छोड्नु भएन।

नेपाली कांग्रेस तब  बिग्रियो जब देखि पार्टीमा पैसाको आडमा टिकट खरिद बिक्रि  र पैसाकै आडमा चुनाव जित्न खोज्ने गलत अभ्यास शुरु भयो। नेपाली कांग्रेस एउटा पुरानो र ठुलो संगठन हो पार्टीको  चुनाब मा मत बाँडिए पनी मन बाँडिने अनी पार्टी भाँडिने काम कसैले नगर्नुहोला। यो कांग्रेसको लागि सबैभन्दा ठूलो दुर्भाग्य सावित हुन्छ। फरक केवल सोच को हो, सिढी माथि पनि जान्छ, तल पनि जान्छ। शब्दमा होइन काममा विश्वास गर्नुहोस्। फोटो खिचेर बैठकमा सजाएर काम सकाउने कांग्रेस पनि धरै देखियो। बजारमा फेसबुके कांग्रेस धेरै छन्। कांग्रेसलाई नै गाली गरेर म असल कांग्रेस हुँ भन्नेहरुको पनि कमी छैन। आजकल त्यसैले होला म र मजस्ता अरु धेरैको विचारमा बढी नै तीतोपन भेटिन्छ। आखिर इतिहास, जित्ने योद्धा हरु को घोडा न  रहेछ।

कस्तो बिडम्बना, गुटकै राजनीतिले र अहंकारले नेपाली कांग्रेस लाई खत्तम पार्ने भयो। यो पत्रमा मैले नेपाली कांग्रेसलाई विरोधको लागि बिरोध गरेको होइन। नेपाली कांग्रेस भाषण मात्र गरेर शासन गर्दै रासन कुम्ल्याउने भ्रमजीवीको मात्र नबनोस्, नेपाली कांग्रेस हामीजस्ता काम गरेर थोरै भए पनी पैसा कमाएर माम खाने श्रमजीवीको पनि  बनोस् भन्ने चाहना मात्रै हो।

मित्रहरु, अध्ययन गर्नुहोस् नेपाली कांग्रेसमा कुन नेताको पार्टीप्रति कति देन छ ? आज नेपाली कांग्रेस कमजोर भएको नीच सोच भएका कार्यकर्ता र नेताले गर्दा हो। सोच बदल्नुहोस्, सबै चीज बदलिन्छ।

Posted By News24Nepal.TV || Date: 23 December, 2018