14 Aug No Comments admin Nepali

Dipakraj joshi

काठमाडौं । आजभोली अमेरिका भनेपछि युवापुस्ता होस् या जुनसुकै उमेरका मानिस पनि लर्काे लागेर महाराजगञ्जस्थित अमेरिकी दूतावासमा लाइन लाग्ने गर्छन् ।

तर यस्ता युवा छन्, जसले अमेरिकामा गुणस्तरीय जीवन हुँदाहुँदै पनि नेपाल नै रोजे । उनी हुन् नेपालका पूर्व गृहमन्त्री तथा राजनीतिज्ञ गोविन्दराज जोशीका छोरा दिपकराज जोशी । २०२६ सालमा पश्चिम तनहुँको खाल्डेमा जन्मिएका जोशी शिक्षा सेवाका साथसाथै समाज सेवामा समेत क्रियाशील छन् ।

उनले कुनै बेला देशको स्थिति राम्रो देखेनन् । उनी फरेस्टी अध्ययनलाई निरन्तरता दिन भन्दै अमेरिका होमिए । तर फरेस्टीमा भन्दा आइटी इन्जिनियरिङमा राम्रो अवसर छ भन्ने लाग्यो । त्यसपछि उनले देखेपछि इन्जिनियरिङ पढ्न थाले ।

अमेरिका बसाईका क्रममा उनले सुरुमा होटलमा भाँडा माझ्ने, सफा गर्ने लगायतको काम गरे । पढ्दै पनि गए । पढाई पूरा भइसकेपछि प्रोगाम डेभलोपरका रुपमा काम सुरु गरे ।

अमेरिकामा नेपालीहरु आकर्षक पैसा देखेपछि जस्तोसुकै काम गर्न नहिच्किचाउने उनको अनुभव छ । ‘नेपालमा काम गर्नैपर्छ भन्ने संस्कार छैन’ उनी भन्छन्, ‘तर अमेरिकामा अनुभव बटुल्नकै लागि भए पनि काम गर्नैपर्छ ।’

उनले अध्ययन गरेर काम गर्दै १८ वर्ष अमेरिकामै बिताए । अमेकिा बसाई उनका लागि अविस्मणीय पनि बन्यो । धेरै कुरा सिके । १८ वर्षको अवधीमा नेपालमा फर्किएपछि उनलाई कहिले पनि अमेरिका जाऊ भन्ने सोचेनन् । बरु नेपालमै पनि केही गर्न सकिन्छ भन्ने सोच पलायो । उनी नेपाल नै फर्किने सोचमा बनाउँदा देशमा द्धन्द्धकाल सुरु भइसकेको थियो । देशमा द्धन्द्ध चर्किदै गयो । उनको हातमा ग्रीनकार्ड थियो । तर, सिटिजनसीपका लागि भनेर कहिले पनि आवेदन दिएनन् ।

घरबाट ४५ मिनेटको दुरीमा रहेको सालमा त्रिभुवन माध्यामिक विद्यालयबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका जोशी २०४३ सालमा पोखरामा फरेस्टीमा भर्ना भएका थिए । नेपालमा केही गर्ने चाहना भएका जोशी २०४५ सालमा फरेस्टी उत्तीर्ण गरेपछि शिवपुरी राष्ट्रिय निकुञ्जमा लोकसेवामार्फत नाम निकालेर रेन्जरको काम गर्न सुरु गरे । पछि उनी निकुञ्जमा काम गर्दागर्दै अमेरिका गएका थिए ।

‘ढिलोचाँडो भए पनि नेपाल नै फर्किने मेरो बिचार थियो’ उनी भन्छन्, ‘नेपालमा गएर केही गर्न सकिन्छ भन्ने हुँदाहुँदै किन सिटिजनसीप लिनु भन्ने लाग्यो ।’ तै पनि उनी लामो समय उतै बसे । २०७० सालमा नेपाल फर्किए । नेपाल फर्किएको एक हप्तामै ग्रीनकार्ड रद्द गर्न अमेरिकन दूतावासमा आवेदन दिए । अहिले उनको हातमा अमेरिकी ग्रिन कार्ड छैन ।

नेपालीहरु काम नगरे पनि घरबारविहीन हुनुपर्ने अवस्था छैन । तर अमेरिकामा काम नगरे घरबारविहीन हुन्छन् । उनले यही अनुभव गरे । आफ्नो जीवनलाई अघि बढाउन त्यहाँ अनिवार्य रुपमा काम गर्नैपर्ने संस्कार छ । सुखसाथ जीवन बिताउन त्यहाँका मानिसले अनिवार्य काम गर्नैपर्ने प्रावधान छ ।

अमेरिकामा आफ्नो शैक्षिक योग्यतामा आधारित भएर काम गर्ने भए पनि अमेरिकामा भने शैक्षिक योग्यताका आधारमा नभई अनुभवकै लागि भए पनि अनिवार्य काम गर्नुपछ । अमेरिकामा प्रतिष्ठित व्यक्तिका छोराछोरी पनि आफूलाई परिपक्व बनाउन होटल तथा रेष्टुराँमा काम गर्छन् । अमेकिनहरुले पहिले पढाइमै जोड दिन्छन् । पढाई सकिएपछि काम गर्न सजिलो होस् भनेर पनि उनीहरु आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा काममा पढाउँछन् ।

निःशुल्क शिक्षाको पक्षमा
विदेशबाट कसरी पढ्ने भन्ने राम्ररी अनुभव बटुलेका छन् । उनले अहिले आफैंले काठमाडौंको सुकेधारामा न्यू मिलिनियम कलेज सञ्चालन गर्दै आएका छन् । ‘अमेरिकामा विद्यार्थीलाई कसरी व्यवसायिक बनाउनुपर्छ भनेर तयार गरिन्छ’ उनी भन्छन्, ‘मैले पनि केही हदसम्म विद्यार्थीलाई उक्त विषयमा सिकाउँदै आएको छु ।’

अहिले निःशुल्क शिक्षाको आवाज उठिरहेको छ । उनी पनि निःशुल्क शिक्षाकै पक्षमा छन् । उनी कलेज तथा विद्यालयलाई सार्वजनिकीकरण गर्नुपर्नेमा नै जोड दिँदै आएका छन् । निजी विद्यालयले गुणस्तरीय शिक्षाका नाममा मनोमानी पारामा शुल्क उठाउने प्रवृत्ति नहटेसम्म समान रुपमा विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने अधिकार सुनिश्चित नहुने उनी बताउँछन् ।

आफ्नो निर्णयमा सधैं अडिग रहने जोशी अरुको देशमा जति नै मेहनत गरे पनि अरुको देशमा गुमनाम रहे । तर नेपालमा थोरै मेहनत गरे पनि आफूलाई स्थापित गर्न सक्ने कुरामा दृढ छन् । नेपालीले देशको अवसरलाई चिन्न नसकेकोमा चिन्तित रहँदै आएका उनी सरकारी स्तरबाट नै व्यवसायीक शिक्षामा जोड दिनुपर्ने बताउँछन् ।

‘सरकारले व्यवसायीक शिक्षामा जोड दिएर रोजगारीको अवसर मात्र दिने हो भने विकसित देशमा जाने युवाको संख्या कम हुने थियो’,उनी थप्छन्, ‘राम्रो नम्बर नआएर विज्ञान विषय पढेका विद्यार्थी नेपालमा शिक्षा पेशमा हुन्छन् भने धेरै नम्बर आएका विदेश नै जान्छन्, यस्तो क्रियाकलापले असल विद्यार्थी कसरी बन्ला ?’

आफ्नो देशको निम्ती केही सोच्ने युवाको पनि अभाव रहेकोमा भने उनको मनमा सधैं चिसो पसने गर्छ । नेपालीहरु चाहिने कुरामा भन्दा नचाहिने कुरामा बढी राष्ट्रियता देखाउँदै आएकोमा उनी दुःख व्यक्त गर्छन् । अमेरिकामा आफूले कमाएको पैसा कसरी बचाउने भन्ने त्यहाँका मानिसहरुमा ज्ञान भए पनि नेपालीमा भने फजुल खर्च गर्ने बानी बढिरहेकाले त्यस्तो प्रवृति हटाउँदै जानुपर्ने उनको सुझाव छ ।

मीना घोरसाइने  चैत्र २९, 2075  nishannews.com