कविता: “बन्दी”
सोच्दैछु ति खाली बाटाहरूके गर्दै होलान् यतिबेला!मैले सम्झिएजस्तै,कल्पनाको पाइला लम्केजस्तै,यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला,आफ्नाे सदाबहार बटुवालाई?
एउटा घेरा लगाइएकोखुल्ला आकाशमुनिम मथिङ्गलमा तिनै बाटाकाे यादमा गाेलचक्कर मारिरहेछु
जस्तो कि परपुरुषको समागममाचरमोत्कर्षमा पुग्छे घर देशको दुखले लखेटेरपरदेशले खरिद गरेको एउटी अवलासम्झेर आफ्नो प्रिय पुरुष,!
जसरि जबर्जस्ती स्खलित हुन्छ कुनै गाडा मजदुरकुण्ठाले खरिद गरेको पुतलीसँगआफ्नी प्रियतमाको अङ्गालोको कल्पनामा!
यो घेराभित्रको गाेलचक्कर त्यो अवला र गाडा मजदुरकाे सन्तुष्टि ठ्याक्कै उस्तै लाग्छ अचेल।
अनि ति सतिसाल जस्ता मान्छेलाईउतिस बनाएर दन्काउने समाजको याद आइपुग्छमगज खजमज्याउनर पनि म चुपचाप हुनुको परिबन्धमा छुकेवल टुलुटुलु मुकदर्शक बन्नु सिवाय केही गर्न नसक्नेदेखेर पनिनदेखे जस्तै गर्नु परेको छनदेख्दा र नदेखे जस्तो गर्दाखास ठोस फरक पर्ने वाला छैनकिनकी म बन्दी हुँरबन्दी बनाएको छ समयले मलाई।।