*****मेरो समाज****
चम्किलो सूर्यले न्यानो दिन नसक्ने मेरो समाज
जमेका आत्माहरु एता उता भौंतारीरहेका मेरो समाज
रिस , शोक, ईर्ष्या, निर्भरता ले भरिएको मेरो समाज
देवताको उपासना र अपराध संगसंगै गर्ने मेरो समाज
पागल मान्छे को हातमा शक्ति भएको मेरो समाज
जो जहाँ छ आफ्नो मात्र ख्याल राख्ने मेरो समाज
म एक्लै रुंदा मेरो कस्टमा हाँस्ने मेरो समाज
म हाँस्दा मेरो खुसी देख्न नसक्ने मेरो समाज
बिना कारण मूर्ख बन्ने र बनाउने मेरो समाज
कसैको जोवन चल्ने तर भोजन नचल्ने मेरो समाज
सतीले सरापेको सुध्रिन नचाहने मेरो समाज
आशा छ मेरो अभाबमा एक्लो हुने छैन मेरो समाज
@कपिद जोशी jan १४, २०१८