विडम्बना हो या
प्राकृतिक को नियम
दैवको खेल कसले जाँदो रहेछ !
स्वार्थहीन माया-ममताले गर्दा
दुःख ले एक्लै छटपटिँदै
मुटु ले धड्कन थाम्न नसक्दा
तिमीलाई अर्कैको हातमा सुम्पे छू
माया ले मात्र नपुग्ने यो संसारमा
विदेशी भूमि छोडेर मात्र काहा हुँदो रहेछ
कसैको बन्न असल प्रेमी त बने
तर म मधेसी हुन सकिन
यो जन्ममा तिम्रो भएर जिउन सकिन
फेरि भगवान ले मलाई
के चाहिन्छ भनेर सोध्यो भने
मान्छे कै जुनी लिन्छु भन्ने छू
एक चोटि मधिसे भएर जन्मने छू
फेरि तिम्रो मात्र भएर बाँच्न पाउ भनेर माग्ने छु।