– कपिद जोशी
पूर्णिमाको रात,
क्षितिजमा तिम्रो छाया
चिसो हावा अचानक तूफान बनेछ
को कसरी आयो, कसरी गाएब भयो
नखेलेको खेल नै हारेँछु
नहिँडेको बाटोबाटै गन्तव्यमा पुगेँछु
संसार पाउने कोसिसमा
मैले आफ्नो आत्मालाई नै हराएँछु
जिन्दगीको यो अविरल यात्रामा
छायाको पिछा गर्दागर्दै सवारीको आनन्द लिन भुलेँछु
जीवनलाई जति धरै विश्वास गर्दैछु
त्यति नै थोरै आनन्द कम भएको महसुस हुँदै छ ।
अब एक दिन म दौडन बन्द गर्ने छु
त्यही दिन म गन्तव्यमा पुग्ने छु ।