मेरो समाज

*****मेरो समाज****

चम्किलो सूर्यले न्यानो दिन नसक्ने ​​मेरो समाज
जमेका आत्माहरु एता उता भौंतारीरहेका मेरो समाज
रिस , शोक, ईर्ष्या, निर्भरता ले भरिएको मेरो समाज
देवताको उपासना र अपराध संगसंगै गर्ने मेरो समाज

पागल मान्छे को हातमा शक्ति भएको मेरो समाज
जो जहाँ छ आफ्नो मात्र ख्याल राख्ने मेरो समाज
म एक्लै रुंदा मेरो कस्टमा ​​​हाँस्ने मेरो समाज
म ​हाँस्दा ​ मेरो खुसी देख्न नसक्ने मेरो समाज

बिना कारण मूर्ख बन्ने र बनाउने मेरो समाज
​कसैको ​जोवन चल्ने​ तर ​ भोजन नचल्ने मेरो समाज​
सतीले सरापेको ​ सुध्रिन नचाहने ​ ​मेरो समाज
आशा छ मेरो अभाबमा एक्लो ​हुने ​छैन मेरो समाज

@कपिद जोशी jan १४, २०१८

By |2023-05-20T20:33:05+05:45May 22nd, 2018|literature|Comments Off on मेरो समाज

Share This Story, Choose Your Platform!

About the Author:

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism.
Go to Top