काँग्रेस हुनै सकिनँ

काँग्रेस हुनै सकिनँ

म हरेक साँझ रक्सीमा चुर्लुम्म डुब्न सकिनँ
मैले नैतिकता सबै बिर्सिएर
परीक्षामा चोर्न र परीक्षा नै अरूलाई दिन लगाउन पनि सकिनँ
आफ्नै कुनै लेभल नभएकासँग
रेड र ब्लाक लेभलको स्वाद लिन सकिनँ
फाटेका चोलीहरू अझै फटाएर
त्यतातिर तीर हान्ने मनै गरिनँ
घरकी स्वास्नी रुवाएर अरूकी स्वास्नी घुमाइनँ
सत्ताको खोजीमा इमान बेच्दै बेचिनँ
आफू यतै बसेर पनि
आफ्नो रातो पासपोर्टलाई विदेशमा घुमाइनँ
हो हजुर त्यसैले म
कालो टोपी बीचमा भाँचेर टिलिक्क टल्काएर लगाउने
चिल्लो सुकिलो खाँटी काँग्रेस हुनै सकिनँ !!—-कपीद जोशी , जुलाई 11 2017

By |2023-05-20T20:33:05+05:45May 22nd, 2018|literature|Comments Off on काँग्रेस हुनै सकिनँ

Share This Story, Choose Your Platform!

About the Author:

Deepak Joshi ( दीपक राज जोशी ) is a Telecommunication Engineer by Profession. Currently, He is the Managing Director of New Millennium College. He is a vegan & practices Minimalism.
Go to Top